केही सहकारीले बदमासी गर्दा राम्रा पनि समस्यामा परे: कंडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

केही सहकारीले बदमासी गर्दा राम्रा पनि समस्यामा परे: कंडेल



काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज केही सहकारीले बदमासी गरेका कारण राम्रा सहकारीलाई समस्यामा परेको बताएका छन् । सोमबार काठमाडौंम आयोजना गरिएको महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ” केही औलामा गन्न सक्ने सहकारीले बदमासी गरेका छन् । जसका कारण समग्र सहकारी बदनाम बनेका छन् । बदमास गर्ने सहकारीलाई राम्रालाइ असर गरेको छ ।”

नेपालको अर्थतन्त्र अझै पनि सहज बाटोमा जाने सम्भावना नरहेको बताउदै उनले अगाडि भने, “एक दुई ले बदमास गर्ने वितिकै सबैलाइ असर गर्न हुदैन । राम्रा गर्नेहरुलाई समस्यामा पार्न हुदैन । राम्रालाइ राम्रै तरिकाले हेर्नू पर्छ ।”

त्यस्तै उनले अर्थतन्त्र सुधारका लागि सहकारी लगायत सबै क्षेत्र अझै संबेदनसिल बनेर अगाडि बढनु पर्ने आवश्यक रहेको बताए ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार १४:५७