अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयले मात्रै काम गरेर पुग्दैन: अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयले मात्रै काम गरेर पुग्दैन: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयले मात्रै काम गरेर नपुग्ने बताएका छन् । सोमबार काठमाडौंम आयोजना गरिएको महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले भने, `अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयलेले मात्र काम गरेर हुदैन । सबैले आफ्नो आफ्नो क्षेत्रबाट काम गर्नु पर्छ । अर्थतन्त्र सुधारका लागि सबै निकायले आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ । यसरी अगाडि बढेमा हामी चाडैं राम्रो गतिमा अगाडि बढन सक्छौ ।´

बिस्तारै हामी सकारात्मक गतिमा गइरहेका छौ म बिस्तारै हाम्रो अर्थतन्त्र सकारात्मक हुँदै गएको उनले दाबी समेत गरे ।
“जो सशक्त छ उ विभेदमा पर्दैन, विभेद कम गर्नका लागि राज्यले पनि ध्यान दिनु पर्छ । पत्रकारिता क्षेत्रमा महिलाहरुको पनि सहभागिता बढ्दै गएको छ । यो सकारात्मक पक्ष हो । महिलाहरु जुनसुकै क्षेत्रमा अगाडि बढनको लागि कसैले रोकेर रोकिदैन । निरन्तर अगाडि बढीरहनेछ”, उनले भने ।

नेपालले शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै ठुलो फड्को मारेको बताउदै उनले अगाडि भने, “नयाँ नया सञ्चार सस्थाहरु खुलिरहेका छन् । यश क्षेत्रबाट सकारात्मक नतिजा कसरी ल्याउन सकिन्छ भनेर ध्यान दिनु पर्छ । हिजो पनि द्वन्दक समस्याहरु रहेका थिए । द्वन्द्व अझै बढने सम्भावना छ । त्यसको प्रभाव हामिले पनि भोग्नु पर्ने हुन्छ । अहिले पनि समस्या परेको छ । “

प्रकाशित : २९ आश्विन २०८०, सोमबार १४:५२