हिमालयन लाइफको बिर्तामोड शाखाबाट बीमा दावी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन लाइफको बिर्तामोड शाखाबाट बीमा दावी भुक्तानी



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तनी गरेको छ । कम्पनीकने बिर्तामोड शाखाले आज एक कार्यक्रम गरी १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीको बिर्तामोड शाखा प्रमुख बद्री प्रसाद भण्डारी तथा सूर्योदय नगरपालिका वडा नं ८ का वडा सदस्य पदम गिरीले सूर्योदय नगरपालिका वडा नम्बर ८ दाम्सिङ निवासी मृतक विशाल गिरीकी श्रीमती जानुका गिरीलाई उक्त मृत्यु दाबी भुक्तानी रकम बितरण गरेको हो ।

साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा स्व विशाल गिरीले वैदेशिक रोजगारी जाने क्रममा वैदेशिक रोजगार बीमा गरेका थिए । उनको वैदेशिक रोजगारबाट छुट्टीमा घर आएर फेरि वैदेशिक रोजगार कै क्रममा काठमाडौं जाँदै गर्दा धादिङमा सडक दुर्घटना परी मृत्यु भएको थियो ।

कम्पनीबाट प्रदान गरिएको चेक हस्तान्तरण गर्दै वडा सदस्यले बीमा कम्पनीले समाजमा अप्ठ्यारो पर्दा सकारात्मक तथा आर्थिक रूपमा क्षतिपूर्ति दिने काम कम्पनीले गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने कार्य भएको बताए साथै मृतककी श्रीमतीले सो रकमको सही सदुपयोग गर्ने बताइन्।

कार्यक्रममा बिर्तामोड शाखा प्रमुख, बद्री प्रसाद भण्डारी बिर्तामोडका मार्केटिङ कर्मचारी अखिल बोहोरा, भीम खनाल , फिक्कल शाखाका कर्मचारी कमल आचार्य तथा वडा न ८ का वडा सदस्य, स्थानीय महानुभावहरुका बीच कार्यक्रम गरिएको थियो।

कम्पनीले आवश्यक प्रक्रिया पूरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको शाखा प्रमुखले बताए ।

प्रकाशित : 16 October, 2023 2:46 pm