आजदेखि दसैंका लागि नयाँ नोट साटन पाइने, यी बैंकबाट पाइन्छ साट्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आजदेखि दसैंका लागि नयाँ नोट साटन पाइने, यी बैंकबाट पाइन्छ साट्न



काठमाडौ । आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने भएको छ। उपत्यकाभित्र नेपाल राष्ट्र बैंकको मुद्र व्यवस्थापन विभाग र बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले नोट साट्न सक्नेछन् । उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमार्फत नयाँ नोट सटही सुविधा पाइने केन्द्रीय बैंकले जनाएको छ ।

हाललाई भने यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुने जनाइएको छ।

यसपालि दसैंका लागि मात्रै १० अर्ब भन्दा बढी रूपैयाँको नयाँ नोट बनाएको छ राष्ट्रबैंकले एकजनाले १८ हजार पाँच सय रूपैयाँ सम्म साँट्न पाउने सुविधा दिएको छ। सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउनेछन्। विगतका दसैंहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो।

यसपटक क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले जानकारी दिए।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार १२:३४