चन्द्रगिरिको २२औ बार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रगिरिको २२औ बार्षिक साधारण सभा सम्पन्न



काठमाडौँ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा आश्विन २७ गते सम्पन्न भएको छ । २२औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै बाग्मति प्रदेशका संस्कृति पर्यटन तथा मन्त्री पुकार महर्जनले चन्द्रागिरिको सेवा उत्कृष्ट रहेको बताएका छन् ।

सहकारी क्षेत्रको विषम परिस्थितिका बिच चन्द्रागिरिले सफलता हासिल गरिरहेको बताउदै मन्त्री महर्जनले चन्द्रागिरि देशकै उत्कृष्ट सहकारी भएको बताए।

साधारण सभामा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुंवरले आ.व.२०७९/०८०बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको अवस्था प्रस्तुत गरे । १७ हजार ६ सय ४० जना सदस्य रहेको र संस्थाको सेयर पुँजी १९ करोड १२ लाख, कुल बचत पुँजी २ अर्ब ६७ करोड ६० लाख , ऋण लगानी २ अर्ब १२ करोड ८४ लाख र संस्थागत पुँजी १० करोड ५० लाख रहेको छ ।

बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कुंवरले आम समुदाय र सदस्यहरुको विश्वासका कारण संकटको घडिमा पनि चन्द्रागिरिले सफलता हासिल गरेको बताए। कुनैपनि बेला ऋण लगानी नरोकिएको बताउदै आफ्नो योजना अनुसार संस्था अघि बढेको अध्यक्ष कुँवरको भनाई थियो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन मार्फत अघिल्लो साधारण सभाको निर्णयहरूको कार्यान्वयनको अवस्था, आ.व. २०७९/०८० मा बसेको बैठक संख्या निणर्यहरू र निर्णयहरूको कार्यान्वयनको अवस्था, ऋण लगानीको प्रक्रिया, ऋण वापतको सुरक्षण वा धितो सम्बन्धी व्यवस्था र सहकारी विभागबाट जारी गरिएका मापदण्डहरूको पालनाको अवस्थाका समिक्षाको साथै लेखा सुपरिवेक्षण समितिको सुझावहरु प्रस्तुत गरेका थिए । आगामी बर्षका लागि कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाले सदस्यहरुको आवश्यक्ता बमोजिम सिर्जशिल कार्यक्रम समावेश गरेको बताए ।

सदस्य र समुदायको विश्वास र मायाकै कारण आजको अवस्था सम्म आइपुगेको बताउदै श्रेष्ठले आगामि दिनमा पनि संस्थाले योजनाबद्ध रणनीति बमोजिम काम गर्दै जाने बताए। उक्त साधारण सभामा पि।विनय एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेटको तर्फबाट नेपाल वित्तीय प्रतिवेदन मान(एन.एफ.आर.एस) मा आधारित लेखापरीक्षण प्रतिवेदन समेत पेश गरिएको थियो । उक्त साधारण सभाले विभिन्न ५ ईकाइ सभाहरुबाट पारित भई आएका विभिन्न १३ वटा कार्यसूचीहरुको निर्णयहरु प्रमाणित गरेको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड, सहकारी बैंक लगायत चन्द्रागिरि भित्र कार्यक्षेत्र बनाइ क्रियाशिल भइरहेका संस्थाका प्रतिनिधिहरुले चन्द्रागिरिको सफलतामा आफुहरु खुसी भएको बताएका थिए।

साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले विगत २४ वर्ष देखि साकोस अभियानमा क्रियाशिल रही सहकारीको छवीलाई अन्तराष्ट्रिय स्तर सम्म पुर्याउन गरेको योगदान र देशभरीको साकोसहरुको व्यवस्थापकहरु मध्येबाट उत्कृष्ट व्यवस्थापक (प्रमुख कार्यकारी अधिकृत) को रुपमा पुरस्कृत हुने घोषण भएकोमा संस्थाले अभिनन्दन गरेको थियो ।

यस्तै बर्षको उत्कृष्ट कर्मचारीको रुपमा ओसन तण्डुकार र लगनशिल कर्मचारीको रुपमा रामकृष्ण भण्डारीलाई पुरस्कृत गरिएको छ । साधारण सभामै बर्षभरीका उत्कृष्ट सदस्यको रुपमा सदस्यहरु इन्दीरा लामा र नकुल बस्नेतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

प्रकाशित : २८ आश्विन २०८०, आईतवार ११:५२