सेयर बजारमा सामान्य वृद्धि, काराेबार रकम भने झन खुम्चिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य वृद्धि, काराेबार रकम भने झन खुम्चिदै



काठमाडौं । केहिदिन देखि निरन्तर ओरालो लागेको सेयरबजार बुधबार भने सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.१६ अंक बढेर १८९४.७६ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन एक अर्ब २८ करोडको सेयर कारोबार भएको बजारमा आज २८६ कम्पनीको ३७ लाख ३३ हजार कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बजार सामान्य बढ्दा सिटि होटल, माण्डु हाइड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेष्टमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट आजैदेखि कारोबारमा आएको हो। त्यसैगरी आज सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको सेयरमुल्य भने सर्वाधिक घटेको छ ।

कारोबार रकमका आधारमा आज माण्डु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज चार करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार १५:४५