सिद्धार्थ प्रिमियर इन्सुरेन्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न मिल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न मिल्ने



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले संस्थापक सेयर लिलामी बिक्री गर्ने भएको छ । कम्पनीले असोज २४ गते देखि पाँच लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम पाँच हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा कात्तिक २ गतेसम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार १२:३८