सुनको मुल्य सामान्य घट्यो, चाँदीको कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य सामान्य घट्यो, चाँदीको कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । सुनको मुल्य आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ८ हजार ८०० रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख ८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, मंगलबार छापावाल सुन एक लाख ८ हजार ९०० रुपैयाँ कायम रहेको थियो।

यसैगरी, तेजावी सुनको मुल्य तोलाको एक लाख ८ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम रहेको छ ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार १२:०१