जेष्ट आइडियोलोजी सहकारीको साधारण सभा सम्पन्न, संस्थाको कुल सम्पत्ति १ अर्ब ९२ करोड माथी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जेष्ट आइडियोलोजी सहकारीको साधारण सभा सम्पन्न, संस्थाको कुल सम्पत्ति १ अर्ब ९२ करोड माथी



काठमाडौं । न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन भएको छ । संस्थाका अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षतामा भएको सभाको प्रमुख अतिथि नेपाल चेम्बर अफकर्मशका अध्यक्ष राजेन्द्र मल्ल रहेका थिए ।

सभामा अध्यक्ष हेम कार्कीले आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै मुलुकमा आएको आर्थिक मन्दीका बीचमा पनि संस्थाको वित्तीय संरचनालाई मजबुद बनाउँदै अगाडी बढेको बताए ।

संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै पल्र्स अनुगमन प्रणाली अनुसार वित्तीय कारोवारलाई अगाडी बढाएकाले आर्थिक मन्दीका बीचमा पनि संस्थाको वित्तीय संन्तुलन कायम गर्न सकेको उनको भनाई छ ।

सदस्यहरुलाई सहज वित्तीय सेवा प्रदान गर्ने उदेश्यले संस्थाले मोबाईल बैकिङ्ग ,इ टेलर,मिस कल सेवा ,क्यु आर भुक्तानी, फन्ड ट्रान्सफर जस्ता थुप्रै सुविधा प्रयोगमा ल्याएको उनले सभामा जानकारी दिए ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलवार ११:४६