मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दले कालोमोसो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दले कालोमोसो



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ । काठमाडौंको एल्लो प्यागोटा होटलअगाडि अज्ञात व्यक्तिहरुले अभद्र व्यवहार गर्दै कालोमोसो दलेका हुन् ।

प्रसाईंले सोमबार उक्त होटलमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । प्रसाईले बैंकहरुलाई सुतखोर भन्दै बैंकको ऋण नतिर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने र राजतन्त्रको वकालत गर्दै आएका थिए ।

कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रिवस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार १६:०३