बैंकहरुमा एक अर्ब लगानी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

बैंकहरुमा एक अर्ब लगानी गर्दै राष्ट्र बैंक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।

केन्द्रीय बैंकले उक्त रकममध्ये ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र ५ करोड राष्ट्रियस्तरका वत्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ।

उक्त रकम आउँदो २०८० कात्तिक १२ गतेदेखि २०८१ कात्तिक १२ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंकले भोलि असोज २३ गते बेलुका ७ बजेसम्म प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार १५:५३ 9 October, 2023 3:53 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।