धनगढी, १४ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले समग्र देश विकासका लागि वित्तीय अवस्थाको सुधार हुनु आवश्यक रहेको बताएका छन् ।
कैलालीको अत्तरियामा आज सञ्चालन भएको वित्तीय साक्षरता अभियानमा उनले पैसा चलाउन नजानेका कारण देश गरिबीको अवस्थामा पुगेको बताए ।
मिडिया इन्टरनेशनलको आयोजनामा भएको सो कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक बिश्रुत थापाले जनचेतना बढाउन यस्तो किसिमको कार्यक्रम सफल रहने बताए । कार्यक्रमस्थलमा वित्तीय साक्षरतासँगै सर्वसाधारणलाई खाता खोल्नका लागि विभिन्न बैंकको कक्षसमेत राखिएको छ ।
Comment