आरएसडीसी लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरएसडीसी लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैठकले चुक्तापूँजीको ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीने जनाएको छ ।

प्रकाशित : २१ आश्विन २०८०, आईतवार १२:२९