एशियन बैंकर्स संघको कन्फरेन्स नेपालमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एशियन बैंकर्स संघको कन्फरेन्स नेपालमा



काठमाडाैं । एशियन बैंकर्स संघ (एबिए)को कन्फरेन्स पहिलो पटक नेपालमा हुने भएको छ । नेपाल बैंकर्स संघका अनुसार एबिएको ३९ औ जनरल मिटिङ र कन्फरेन्स आगामी नोभेम्बर ९ र १० मा काठमाडौँमा हुने गरि तय भएको छ।

कन्फरेन्समा सदस्य देशका अर्थमन्त्री, सदस्य देशका केन्द्रीय बैंकका गभर्नर, सदस्य देशका बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत, विभिन्न अन्तराष्ट्रिय विज्ञहरु सहभागी हुने छन् । कोरोनाको कारण यस अघि लगातार २ पटक एबिएको कन्फरेन्स भर्चुअल माध्यमबाट भएको थियो । सन् २०१९ को कन्फरेन्स भने फिलिपिन्सको मनिलामा भएको थियो । त्यस अघिका दुई कन्फरेन्स क्रमश माल्दिभ्स र भारतमा भएको थियो ।

यस पटक नेपाल बैंकर्स संघले पहिलो पटक एबिएको कन्फरेन्स आयोजना गर्ने भएको हो । कन्फरेन्सको लागि फिलिपिन्सको आरसीबीसी र बैंक र ताइवानको सिटिबिसी बैंक सिल्भर स्पोनर्सको रुपमा रहने छन् । हंगकंगको बैंक अफ इस्ट एसिया ब्रोन्ज स्पोन्सरको रुपमा रहने छ ।

एबिएमा एशियाली देशका बैंकहरुको संगठन सदस्य हुने गर्छन्। एबिएको स्थापना सन् १९८१ मा भएको हो । यसको प्रधान कार्यालय ताइवानमा रहेको छ ।

प्रकाशित : २१ आश्विन २०८०, आईतवार ०७:३८