नेको इन्स्योरेन्सले पारित गर्यो २५ प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

नेको इन्स्योरेन्सले पारित गर्यो २५ प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । शुक्रबार कम्पनीको विशेष साधारण सभाले उक्त हकप्रद सेयर निष्काशनको प्रस्ताव बहुमतले पारित गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल बीमा प्राधिकरणबाट अनुमति पाएको थियो । कम्पनीको सञ्चालक समितिले २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि विशेष सधारणसभामा पेश गरेको थियो । सोही प्रस्ताव शुक्रबार विशेषसाधारण सभाबाट बहुमतले पारित गरेको हो ।

हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ ।

यसका साथै कम्पनीको विशेषसाधारण सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ । उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै फेरबदल वा परिमार्जन गर्न सुझाव भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पुर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रकाशित : २१ आश्विन २०८०, आइतबार ०७:३२ 8 October, 2023 7:32 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।