विकास बैंकहरुमा पहिलोपटक गरिमाले सुरु गर्यो क्रेडिट कार्डमा ईएमआई सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विकास बैंकहरुमा पहिलोपटक गरिमाले सुरु गर्यो क्रेडिट कार्डमा ईएमआई सेवा



काठमाडौं । नेपालमा करिब तीन दशकअगाडि सुरुआत भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सीमित नेपालीको मात्र पहुँच पुगेको देखिन्छ। क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदासम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आमजनमानसमा नपुगेको मान्न सकिन्छ।

‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहकका लागि सुरुआत गरिसकेको छ। यसलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ गरिमाले विकास बैंकहरुमा नै पहिलोपटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुआत गरेको छ।

यसअन्तर्गत बैंकले सम्झौता गरेका बिक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई ०५ ब्याजदरमा मासिक किस्ताका रुपमा तिर्न सकिनेछ। साथै, यदि ग्राहक आफैँले पनि अरु कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेस गरी यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिनेछ।

आउँदै गरेको बडादसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकले योे सुविधामार्फत लाभ उठाउन सक्नेछन्। बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको छ।

हाल गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं विभिन्न डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार १५:२३