सेयर कर्जामा १२ करोडको सिमा परिमार्जन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर कर्जामा १२ करोडको सिमा परिमार्जन



नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको १२ करोडको सीमा बढाएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो ।

जस अनुसार  कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कुल रु. १५ करोड कायम गरिएको छ । यस अघि यो सीमा १२ करोड थियो  ।  

धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ । यस अघि यो सीमा १२ करोड थियो  । 

यद्यपि शेयर लगानीकर्ताहरुले माग गरे बमोजिम भने राष्ट्र भने सीमा बढाएको छैन । शेयर लगानीकर्ताहरुले व्यक्तिगत तर्फ १२ करोडको सीमालाई कम्तिमा २० करोड पुर्याउन र संस्थागततर्फ अधिकतम सीमा नतोक्न माग गर्दै एक थिए । 

प्रकाशित : १८ आश्विन २०८०, बिहीबार २०:३३