बुडोल सामुदायिक साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुडोल सामुदायिक साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडों । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा बनेपा, नाला र धुलिखेल एकाईमा असोज १३, १५ र १६ गते एकाई बैठक सम्पन्न गरी असोज १८ गते सबै एकाईबाट छनौट भएका प्रतिनिधिहरूको उपस्थितिमा सभा सम्पन्न भएको हाे ।

संस्थाका अध्यक्ष कैलाश के.सी.को संयोजकत्वमा होटल उग्रचण्डी एण्ड बैंक्वेट, बनेपामा सम्पन्न सो सभाको कार्यक्रम संस्थाका व्यवस्थापन प्रमुख रामकृष्ण रायक्षेत्रीले सञ्चालन गरेका थिए। तिन वटै एकाईबाट छनौट भएर आउनु भएको एकाई प्रतिनिधि र निर्णय प्रमाणितकर्ताहरूको साथमा आज अन्तिम निर्णय प्रमाणित गर्न चयन भएका निर्णयकर्ताहरूले सभामा आ(आफ्नो एकाईको निर्णय पुस्तिका र अन्तिम निर्णय पुस्तिकामा हस्ताक्षर गरी कार्यक्रम सम्पन्न गरेका थिए ।

आर्थिक वर्ष २०७९/०८० को अन्त्यमा संस्थाको कुल सम्पत्ति १ अर्ब ८२ करोड ७६ लाख ४६ हजार रहेको छ भने कुल बचत १ अर्ब ४३ करोड ३६ लाख ५३ हजार रहेको छ । यस अवधिसम्ममा संस्थाको शेयर पूँजी १५ करोड ८९ लाख २७ हजार रहेको छ । लगानीमा रहेको ऋण भने १ अर्ब ३२ करोड ३२ लाख रुर्पैंंया र संस्थागत पूँजी १४ करोड ३० लाख ६२ हजार रहेको छ र संचालन मूनाफा ७ करोड ३४ लाख ८४ हजार रहेको छ ।

उक्त वित्तिय विवरणको प्रतिवेदन सभाले पारित पनि गरेको छ। साथै सभाले सदस्यहरुलाई १५ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई ३.५५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।

प्रकाशित : १८ आश्विन २०८०, बिहीबार १८:१२