साढे चार करोड ठगीको आरोपमा देउराली सहकारीका अध्यक्ष चौलागाईं पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साढे चार करोड ठगीको आरोपमा देउराली सहकारीका अध्यक्ष चौलागाईं पक्राउ



काठमाडौँ । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारीका अध्यक्ष चौलागाईंलाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार चौलागाईंले निक्षेपकर्ताहरूको रकम हिनामिना गरेको उजुरी परेपछि पक्राउ गरेको जानकारी दिए ।

प्रहरीकाअनुसार चौलागाईंले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् । उनले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए ।

प्रकाशित : १८ आश्विन २०८०, बिहीबार १६:१४