एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले नेपालमै गुणस्तरीय टायल्स तथा सेरामिक्स उत्पादन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले नेपालमै गुणस्तरीय टायल्स तथा सेरामिक्स उत्पादन गर्ने



काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सह वित्तियकरण अन्तर्गत सहभागी बैङ्कहरू बिच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ ।


अगुवा बैंकको तर्फबाट एभरेष्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताद्वारा एक विशेष समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सो कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैङ्कहरू नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैङ्कका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत रु. ४०० करोड मध्ये सह–वित्तियकरण अन्तर्गत रु. ३०० करोड लगानी रहने एभरेष्ट बैंकले जनाएको छ ।


विश्वको औँ ठूलो टायल्स उत्पादन कम्पनी भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरू प्रयोग गरी गुणस्तरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरू अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गुणस्तरीय हुने जनाएको छ ।

मार्च २०२४ बाट सुरुवात हुने उक्त परियोजनाले देशमा भएको टायल्सको माग पुरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रकाशित : १८ आश्विन २०८०, बिहीबार १५:५६