नेपाल बैंकको कामु सीईओको जिम्मेवारी समता पन्तलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

नेपाल बैंकको कामु सीईओको जिम्मेवारी समता पन्तलाई

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल बैंकको कामु सीईओको जिम्मेवारी समता पन्तलाई प्रदान गरिएको छ। बैंक सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनको नियुक्ति असोज १५ गतेबाट लागू भइसकेको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जानकारी दिए।

बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल गत असोज १४ गते समाप्त भएको थियो। सोही दिन बसेको सञ्चालक समितिको बैठकले सीईओ नियुक्त नभएसम्मका लागि पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

पन्त यसअघि नेपाल बैंकमा डीसीईओका रुपमा कार्यरत थिइन्। पन्त नेपाल बैंककै क्याडर हुन्। विसं २०६१ सालमा उनी नेपाल बैंककै छैटौँ तहको कर्मचारीका रुपमा प्रवेश गरेकी थिइन्। तुलनात्मक रुपमा छोटो समयमै उनी नेपाल बैंकको डीसीईओ बन्न सफल भएकी महिला हुन्।

प्रकाशित : १८ आश्विन २०८०, बिहिबार १२:३७ 5 October, 2023 12:37 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।