तोलामा ४०० रुपैयाँले बढ्याे सुनकाे मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा ४०० रुपैयाँले बढ्याे सुनकाे मुल्य



काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतिताेला एक लाख ७ हजार ३०० रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य प्रतिताेला एक लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार पनि सुनको मुल्य प्रतिताेला एक लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतिताेला एक लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, चाँदीको मुल्य भने लगातार दोस्रो दिन स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ ।

प्रकाशित : १८ आश्विन २०८०, बिहीबार ११:४४