वैदेशिक रोजगार बीमामार्फत उठ्यो करीब ४५ करोड बीमाशुल्क संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वैदेशिक रोजगार बीमामार्फत उठ्यो करीब ४५ करोड बीमाशुल्क संकलन



काठमाडौं। जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत ४४ करोड ८२ लाख १२ हजार रुपैयाँ बीमाशुल्क उठाएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० वटा जीवन बीमा कम्पनीले१७ लाख ४ हजार ७३ वटा बीमालेख बिक्रीमार्फत सो बराबरको बीमाशुल्क उठाएका हुन् ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सले १० करोड ५० लाख रुपैयाँ वैदेशिक रोजगार बीमालेखमार्फत बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, नेपाल लाइफले ९ करोड ५९ लाख, आइएमई लाइफले ६ करोड १२ लाख, सूर्यज्योति लाइफले ३ करोड ७२ लाख, नेशनल लाइफले ३ करोड ५२ लाख, रिलायबल नेपाल लाइफले ३ करोड ४२ लाख, सानिमा रिलायन्स लाइफले २ करोड ९१ लाख, एशियन लाइफले २ करोड ७० लाख, सिटिजन लाइफले २ करोड २४ लाख र प्रभु महालक्ष्मी लाइफले ७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार १८:००