नेप्सेमा सामान्य वृद्धि , एक अर्ब १८ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा सामान्य वृद्धि , एक अर्ब १८ करोडकाे काराेबार



काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर उकालो लागेको छ। आज नेप्से ९.२४ अंक बढेर १९६७.९७ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.५१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४६ अंक र सेन्सेटिभ इण्डेक्स ०.०५ अंक बढेको छ।

आज २८४ कम्पनीको ४३ लाख २३ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेमा बैकिङ समुहको उपसूचक ०.०७ अंकले घटेको छ भने बाकी सबै समूहको उपसूचक बढेको छ । विकास बैंक उपसमूहको परिसूचक २२.५५ वित्त १७.९६, जीवन बिमा ५२.४८, निर्जीबन बिमा ६१.८९, माइक्रोफाइनान्स १७.९६, जलविद्युत २८.८६, होटल तथा पर्यटन ७८.९५, उत्पादन तथा प्रशोधन समूहका उपसूचक १६.४३ अंकले बढेको छ।

नेप्सेमा सामान्य वृद्धि हुदाँ मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर र इन्फिनिटी लघुवित्तको सेयरमूल्य करिब सर्किट लेभलमा नै बढेको छ। कारोबारमा आएको समता लघुवित्तको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आएकाे छ ।

कारोबार रकमका आधारमा आज सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको आज छ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार १५:३१