बझाङको भूकम्पपछिको क्षतिप्रति पूर्वराजाबाट चिन्ता व्यक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बझाङको भूकम्पपछिको क्षतिप्रति पूर्वराजाबाट चिन्ता व्यक्त



काठमाडौ‌ँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर पटक पटक भूकम्पको धक्काले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । पूर्वराजाको संवाद सचिवालयले प्रेस नोट जारी गर्दै पूर्वराजाले चिन्ता व्यक्त गरेको जनाएको हो ।

बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर हिजो दिउँसोदेखि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका ११ वटा भूकम्पका धक्का आइसकेका छन् । चार रेक्टर स्केलभन्दा मुनिका थुप्रै पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पूर्वराजाले भूकम्पका कारण सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा ठूलो क्षति पुगेको र जनसाधारण त्रासदीमा परेको खबर सुन्दा गहिरो दुःख लागेको जनाएका हुन् ।

सचिवालयका अनुसार भूकम्पबाट घाइतेहरुको सिघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माणतर्फ तत्काल ध्यान दिन सबन्धित सबैलाई ध्यानाकर्षणसमेत गराएका छन् ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार १३:३८