अर्थमन्त्री डा. महत र एमसीसीका सीईओ एलिस अलब्राइटबीच भेटवार्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्री डा. महत र एमसीसीका सीईओ एलिस अलब्राइटबीच भेटवार्ता



काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच मंगलबार भेटवार्ता भएको छ ।

भेटवार्ताका अवसरमा अर्थमन्त्री महतले एमसीसी परियोजना अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोप अनुरुप कार्यान्वयन हुन सकेमा मात्र विगतका सन्देहहरुको अन्त्य हुने र नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुन सक्ने विचार व्यक्त गरे ।

साथै उनले एमसीसी परियोजना कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडी बढ्न एमसीए नेपाललाई निर्देशन समेत दिए ।

त्यसैगरी प्रमुख कार्यकार अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको र यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको विचार व्यक्त गरिन् ।

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार १२:५२