सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । एक हप्तासम्म निरन्तर ओरालो लागेको सुनको मूल्य बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको छ । गत असोज ७ गतेदेखि निरन्तर ओरालो लागेर मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको थियो । तर, बुधबार भने प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य १ लाख ६ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार १२:४३