नेप्से दोहोरो अंकले ओरालो लाग्याे, काराेबार रकम पनि खुम्चियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से दोहोरो अंकले ओरालो लाग्याे, काराेबार रकम पनि खुम्चियाे



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १७.५६ अंक घटेर १९५८.७२ विन्दुमा झरेको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ इण्डेक्स १.३२ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि आज घटेको छ। अघिल्लो कारोबार दिन एक अर्ब ७३ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज २८१ कम्पनीको एक अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको ३९ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् ।

आज समता लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढेको छ भने, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको आज ५ करोड ५९ लाख ७० हजार भन्दा बढीको सेयर कारोबार भएको छ।

प्रकाशित : १६ आश्विन २०८०, मंगलवार १५:३८