कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । बैंकले एक हजार अंकित दरका ५० लाख कित्ताले हुन आउने पाँच अर्ब बराबरको ऋणपत्र निष्काशनको अनुमति पाएको हो ।

उक्त ऋणपत्रमध्ये २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

कुमारी बैंकले १० वर्ष अवधि भएको ‘केबीएलएम डिबेन्चर २०९०’मा वार्षिक १० प्रतिशत ब्याज प्रदान गर्ने छ । यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

प्रकाशित : १६ आश्विन २०८०, मंगलवार १२:५७