तोलामा १३०० रुपैयाँले घट्यो सुनको मुल्य, चाँदीको कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा १३०० रुपैयाँले घट्यो सुनको मुल्य, चाँदीको कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं। नेपाली बजारमा सुनको मुल्य लगातार घटिरहेको छ। आज मंगलबार पनि सुनको मुल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला एक् लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला एक लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन पनि सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला एक लाख ७ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मुल्य एक लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार ३१० रुपैयाँमा झरेको छ। अघिल्लो दिन पनि तोलामा २० रुपैयाँले घटेर चाँदी एक हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : १६ आश्विन २०८०, मंगलवार १२:०३