सानिमा माई हाइड्रोपावरकाे साधारण सभा कात्तिक २३ गते, लाभांश पारित मुख्य एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा माई हाइड्रोपावरकाे साधारण सभा कात्तिक २३ गते, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले साधारण सभा डाकेको छ। कम्पनीले कात्तिक २३ गते, बिहीबार, बाह्रौँ वार्षिक साधारण सभा डाकेको हो।

कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ३० करोड ८९ लाख २५ हजार १०० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने एक करोड ६२ लाख ५९ हजार २१५ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, साधारण सभा तथा लाभांश वितरण प्रोजनार्थ कम्पनीले असोज २४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : 3 October, 2023 11:47 am