सुनको मुल्यमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य गिरावट



काठमाडौं । सुनको मुल्य सोमबार तोलामा १०० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन एक लाख ८ हजार रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला एक लाख ७ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार ११:३२