सेयर बजार ३३.२० अंकले ओरालो लाग्यो, छ कम्पनीको सेययरमुल्यमा नकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ३३.२० अंकले ओरालो लाग्यो, छ कम्पनीको सेययरमुल्यमा नकारात्मक सर्किट



काठमाडौं । साताकाे पहिलाे काराेबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज बजार ३३.२० अंक घटेर १९७१.१० विन्दुमा पुगेको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७८ अंक घटेको छ।

कारोबार भएका २८४ कम्पनीको ६७ लाख २३ हजार कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आज सयपत्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सनराइज फस्ट म्युचुअल फण्ड, अप्पर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स र मेन्छियाम हाइड्रोपावरको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यसैगरी, यस दिन स्वाभिमान लघुवित्त, अप्पर सोलु हाइड्रो, अप्पर लोहोरे खोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य नौं प्रतिशतभन्दा बढी घटेको छ।

आज नेप्सेमा भएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन्। कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस इन्स्योरेन्सको आज १४ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १४ आश्विन २०८०, आईतवार १५:३५