हाम्राे साकाेसद्वारा शेयर सदस्यका छाेराछाेरीलाई शैक्षिक सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हाम्राे साकाेसद्वारा शेयर सदस्यका छाेराछाेरीलाई शैक्षिक सम्मान



ललितपुर । हाम्रो बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक तथा वित्तिय कार्यक्रम गरी संस्थाका सदस्य तथा सदस्यका छोराछोरीलाई हाम्रो साकोस शैक्षिक सम्मान गरेको छ । संस्थाले माध्यमिक शिक्षा तथा सोभन्दा माथिका सबै परिक्षमा गत वर्ष उतीर्ण हुने संस्थाका सदस्य तथा सदस्यका छोराछोरीहरुलाई सम्मान गरेको हो ।

संस्थाले सम्मानपत्र तथा एसइई, माध्यमिक तह, स्नातक तह, स्नात्तकोत्तर तहमा सबैभन्दा बढि अंक हासिल गर्नेलाई नगद पुरस्कार सहित सर्वोत्कृष्ट शैक्षिक सम्मान गरेको थियो । साथै संस्थाले प्रविधिक परिक्षा, चार्टर्ड एकाउन्टेन्टलाई हाम्रो सकोस उत्कृष्ट शैक्षिक सम्मान, एमविविएस, एमफिल र विद्याबारिधी प्राप्त गर्नेलाई हाम्रो साकोस विशेष शैक्षिक सम्मान प्रदान गरेको हो । कार्यक्रममा ११० जनालाई सम्मान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए ।

कार्यक्रममा संस्थाले नेफ्स्कूका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, जिल्ला सहकारी संघका कोषाध्यक्ष रुपेश तिमल्सिना, सरकारी सेवामा प्रवेश गर्ने संस्थाका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालको अध्यक्षतामा नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका उपाध्यक्ष श्यामकृष्ण घिमिरेले स्वागत तथा सचिव हरिप्रसाद बजगाईँले सञ्चालन गरेको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले Hundred Tips of saving for financial wellness of Members and employees of SACCOS र राष्ट्रिय सहकारी बैंकका आइटि विभाग प्रमुख नविन कुमार कार्कीले Empowering members with digital products   विषयमा सहजीकरण गरेका थिए । 

प्रकाशित : १४ आश्विन २०८०, आईतवार १३:१८