गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय कीर्तिपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय कीर्तिपुरमा



काठमाडौं । गरिमा विकास बैंकले नयाँ शाखा संञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार कीर्तिपुरस्थित १२२औं शाखा कार्यालय सञ्चालन गरेको हो ।

बैंकले आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ कार्यलय विस्तार गरेको हो। काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ ।

हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार १७:३८