सिटिजन्स बैंक र प्रभु इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंक र प्रभु इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न अनुमति



काठमाडौं, १२ फागुन  । नेपाल धितोपत्र बोर्डबाट सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र प्रभु इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न अनुमति पाएका छन् । बोर्डले सिटिजन्स बैंकलाई २५ प्रतिशत र प्रभु इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति दिएको हो ।

सिटिजन्स बैंकले १० औं वार्षिक साधारण सभावाट पारित भएको १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता हकप्रदको लागि अनुमति मागेको थियो । हाल बैंकको चुक्ता पूँजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेकोमा २५ प्रतिशत हकप्रद शेयरको वाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी ६ अर्व ९२ करोड १६ लाख ९० हजार रुपैयाँ पुग्नेछ । यसअघि नै बैंकले हकप्रद बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

त्यस्तै प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति बोर्डबाट पाएको छ । कम्पनीको २१ औं साधारणसभाले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले १९ लाख २५ हजार ७८ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १२ फाल्गुन २०७३, बिहीबार १५:४५