यूनाइटेड अजोड इन्स्योरेन्सको कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तरक्रिया सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यूनाइटेड अजोड इन्स्योरेन्सको कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तरक्रिया सम्पन्न



काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्क्षी तथा जडिबुटीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पर्वतको मोदि गाउँपालिकामा कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम यूनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेलको अधक्ष्यतामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य पर्वत शाखाका कर्मचारी होमनाथ भण्डारीले राखेका थिए । कार्यक्रममा गण्डकी प्रदेश प्रमुखले निर्जीवन बीमासँगै कृषि पशुपन्क्षी तथा जडिबुटि बीमा सम्बन्धी प्रस्टाएका थिए ।

मोदि गाउँपालिकाका अधक्ष्य हिरा देबि शर्माको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन युनाइटेड अजोड इन्स्योरेन्स पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए । सो कार्यक्रममा मोदि गाउपालिकाका करिब १०० कृषकहरुको उपस्थिति थियो ।

सोही कार्यक्रममा पशु बीमा गरेका कृषकलाई खादा ओडाएर पोलिसी हातैमा दिएर सम्मान गरिएको थियो । आफुले पोलिसी किन्दा कम्पनीले सम्मान गरेको देख्दा कृषहरु खुशी हुँदै कम्पनी प्रति आभार व्यक्त गरेका थिए ।

प्रकाशित : ११ आश्विन २०८०, बिहीबार ०७:२४