पथरीशनिश्चरे बचत तथा ऋण सहकारीकाे यस्ताे छ वितिय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

पथरीशनिश्चरे बचत तथा ऋण सहकारीकाे यस्ताे छ वितिय अवस्था



काठमाडौं । पथरी शनिश्चरे बचत तथा ऋण सहकारी संस्थाले भदौ महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा संस्थाको १६ करोड ८५ लाख ६९ हजार रुपैंया बचत रहेको छ ।

साथै, संस्थाले १९ करोड ७० लाख ८६ हजार रुपैंया सदस्यहरुमा ऋण लगानी गरेको छ । यस अवधिसम्म संस्थाको सेयर पूँजी तीन करोड ६३ लाख ६ हजार रुपैया रहेको छ । कूल संस्थागत कोषमा भने एक करोड ४ लाख ४ हजार रुपैया रहेको जनाएको छ।

त्यस्तै, एक अर्ब २३ करोड ४५ लाख ३० हजार रुपैया कूल सम्पत्ति रहेको संस्थाको एक करोड ३२ लाख ८६ हजार रुपैयाँ अन्य विभिन्न कोषमा रहेको जनाइएको छ ।

संस्थामा भदौ मसान्तसम्म १७.७१ प्रतिशत अर्थात दुई करोड ९८ लाख ६१ हजार रुपैया तरलता रहेको जनाएको छ । दुई हजार ९१२ जना सदस्य रहेको संस्थामा ९५८ जना ऋणी सदस्य रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार १६:४७