एनआरएनए महाधिवेशनमा करिब ४२ सय प्रतिनिधिले भाग लिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एनआरएनए महाधिवेशनमा करिब ४२ सय प्रतिनिधिले भाग लिने



काठमाडौं । आसन्न गैरआवासीय नेपाली संघ(एनआरएनए)महाधिवेशनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन भएको छ ।

नयाँ नेतृत्वको लागि १९ अक्टोवरमा हुने महाधिवेशनको निर्वाचन समितिले मंगलवार ४, १९२ जनाको प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको हो ।

मतदाता नामावली माथिको दावी विरोध लगायतको प्रकृया सकेपछि १२ अक्टोवरदेखि उम्मेदवारी दर्ता लिने तयारी निर्वाचन समितिले गरेको छ ।

११ औं महाधिवेसनको लागि उम्मेदवार बन्नेहरुका प्रस्ताव र समर्थक अनिवार्य रुपमा निर्वाचन कार्यालयमा उपस्थित हुनु पर्ने वैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार २०:५६