मुस्लिम संघको अध्यक्षमा मन्सुरी, महासचिबमा प्रवेज आलम र अन्सारी चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मुस्लिम संघको अध्यक्षमा मन्सुरी, महासचिबमा प्रवेज आलम र अन्सारी चयन



काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघको अध्यक्षमा अतावुल मन्सुरी निर्विरोध चयन भएका छन् । सोमबार अपरान्ह सम्पन्न संघको तेस्रो महाधिवेशनले महासचिबमा युवा नेता प्रवेज आलम अन्सारी र अर्का महासचिबमा इर्शाद अन्सारी चयन भएका छन् ।

राष्ट्रिय सभागृहमा सम्पन्न महाधिवेशनबाट ८७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । महाधिवेशनले नौ उपाध्यक्ष, तीन महिला उपाध्यक्ष, दुई महासचिव, ११ सचिव, एक कोषाध्यक्ष, सहकोषाध्यक्ष निर्विरोध निर्वाचित गरेको महासचिब प्रवेज आलम अन्सारीले जानकारी दिए ।

अध्यक्षमा मन्सुरीसहित मोहम्मद निजामुद्दिनले मनोनयन दर्ता गराएका थिए । निजामुद्दिनले मन्सुरीलाई समर्थन गरेपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । २०६५ मा स्थापना भएको संघको हाल देशभर ४३ जिल्लामा शाखा छन् । तेस्रो महाधिवेशनका लागि देशभरबाट करिब चार सय प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार २०:०३