पेशा इमान्दारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक पार्दैनः बालेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पेशा इमान्दारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक पार्दैनः बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसंग आग्रह गरेका छन् ।
मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले डा. दासलाई झैँ सरकारले अन्य चिकित्सकहरुलाई पनि सुरक्षाको प्रत्याभुति दिलाइ देशमै रहेर सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गनुपर्ने बताए ।

उनले स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको बताए । उनले एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताए ।

उनले भने, ‘अहिलेको देशको स्थितिमा उहाँ जस्तो व्यक्तिको बारेमा काठमाडौं महानगरपाकिलाभित्रै नभएर देशभर नै उहाँको विशेषता र उहाँको प्रेरण मुल समारोह समितिले वर्षभर गर्ने कार्यक्रममा मुल सूचना प्रवाह गर्नसके नयाँ पुस्तालाई निकै प्रेरणा मिल्छ । विशेष गरी डाक्टर साव, नर्स, स्वास्थ्यकर्मीहरु, अहिलेको देशको स्थितिमा देशमै रहेर सय बिताउनसक्ने प्रेरणा जाओस् । अहिलेको स्थितिमा जुन स्वास्थ्यकर्मीहरु बाहिँरिँदै जाँदै हुनुहुन्छ, उहाँहरुको रक्षा र सुरक्षा गर्न कठिन परेको छ, उहाँजस्तै देशमै बसेर सेवा गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको व्यवस्था होस् । कार्यक्रमको शुरुमै के भनियो भन्दा पाँच वटा राजा, ३५ प्रधानमन्त्री भनियो । एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्न काममा निरन्तरता दिन कुनैपनि तन्त्रले केही फरक नपर्ने रेहछ ।’

मेयर साहले देशबाट स्वास्थ्यकर्मीहरु पलायन भइरहेको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार १९:०४