चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थामा २६ करोड ४५ लाख रुपैँया तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थामा २६ करोड ४५ लाख रुपैँया तरलता



काठमाडौं । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले भदौ महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा संस्थाको ९८ करोड ६७ लाख १४ हजार बचत रहेको छ ।

साथै, एक अर्ब १ करोड ४७ लाख ५२ हजार रुपैंया लगानी गरेको छ । यस अवधिसम्म संस्थाको सेयर पूँजी ११ करोड २० लाख २३ हजार रुपैया रहेको छ । कूल संस्थागत पूँजी १३ करोड ३० लाख २८ हजार रुपैया रहेको जनाएको छ ।

त्यस्तै, एक अर्ब ३२ करोड ९७ लाख ४४ हजार रुपैया कूल सम्पत्ति रहेको संस्थाको जगेडा कोषमा १३ करोड ६ लाख ३१ हजार रुपैया तथा तीन करोड ७८ लाख ७४ हजार रुपैयाँ अन्य विभिन्न कोषमा रहेको जनाइएको छ ।

संस्थामा भदौ मसान्तसम्म २६.८१ प्रतिशत अर्थात २६ करोड ४५ लाख २९ हजार रुपैया तरलता रहेको जनाएको छ । नौँ हजार ४०२ जना सदस्य रहेको संस्थामा ८७५ जना ऋणी सदस्य रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार १२:२१