हिमालयन टाइम्स मिडियाकाे साधारण सभा असोज २७ गते, आइपीओ जारी गर्ने विशेष प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन टाइम्स मिडियाकाे साधारण सभा असोज २७ गते, आइपीओ जारी गर्ने विशेष प्रस्ताव



काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आइपीओ साधारण सभा बोलाएको छ । सभा असोज २७ गते डुसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । त्यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, बोनस सेयर वितरणको प्रस्ताव पनि पेश हुनेछ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार ११:३६