राष्ट्र बैंकद्वारा मोहर डिजिटल प्रालिको लाइसेन्स खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

राष्ट्र बैंकद्वारा मोहर डिजिटल प्रालिको लाइसेन्स खारेज

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ। केन्द्रीय बैंकले सोमबार एक सूचना जारी गर्दै मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको जानकारी दिएको हो।

कम्पनीले भुक्तानी तथा फर्छ्योट ऐन, २०७५ को दफा ३६ खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।

भुक्तानी फर्छ्योट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ को खण्ड (ग)को व्यवस्थाबमोजिम अनुमतिपत्र खारेज गरिएको केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभाले जनाएको छ ।

उक्त कम्पनीले भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्ने गरी २०७६ असोज ३० गते अनुमति पाएको थियो। उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले आग्रह गरेकाे छ ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार १६:४१ 25 September, 2023 4:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।