राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्धघाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्धघाटन



सिरहा । सिरहाको लहान नगरपालिका–७ गणेश चोकमा निर्माण गरिएको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आइतबार एक समारोहकाबीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सांसदहरु रामशंकर यादव, गंगा यादव, प्रदेश सांसद राजेन्द्र चौधरी, राजकुमार गुप्ता, ललिता दास, धनगढीमाईका मेयर शिवशंकर महतो, लहान उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारदा, नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता, पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो । बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका उपकार्यकारी निर्देशक पवन रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा वक्ताहरुले लहानको समसामयिक समस्याप्रति मुख्य मन्त्रीको ध्यानाकर्षण गर्दै लहानमा वाणिज्य बैंकले पुर्‍याएको योगदानको बारेमा आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण आनन्द सुवेदीले गरेका थिए ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार १४:५९