चण्डेश्वरी साकोसको ३१औँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

चण्डेश्वरी साकोसको ३१औँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश घोषणा



बनेपा । काभ्रेपलाञ्चोकमा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अक्ष्यक्ष नविन भक्त बादे श्रेष्ठको अध्यक्षता, बागमति प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री माननिय पुकार महर्जनको प्रमुख आतिथ्यता, तथा बागमति प्रदेश प्रतिनिधि सभा सदस्य माननिय कञ्चन चन्द्र बादे र बनेपा नगरपालिका मेयर शान्ति रत्न शाक्यको विशिष्ठ आतिथ्यता र स्थानिय विभन्न सङ्घ संस्थाका प्रतिनिधि हरुको आतिथ्यतामा बनेपा ५ स्थित स्मार्ट प्यालेसमा ६ आस्वीन २०८० मा विविध निर्णय गरि संस्थाको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि माननिय पुकार महर्जनले हाल सहकारीमा देखिएको समस्या मुख्य रुपमा सञ्चालकहरुमा देखिएको आर्थिक पारदर्शिताको कमी, कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण उत्पन्न भएको बताए । नेपालको संविधानले नेपालको आर्थिक सम्वृद्धिको आधार ३ खम्बे अर्थनीति रहेको र त्यस मध्ये एक खम्बाको रुपमा सहकारी रहेकोले सहकारीको माध्यमबाट समुदायमा छरिएर रहेको स–सानो पुँजी संकलन गरि राष्टि?य पुँजी निर्माणमा सहयोग गर्न सकिन्छ र उक्त पुँजीलाई सदस्यमा नै केन्द्रित रही उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना हुने र राष्ट्रिय उत्पादन पनि बढ्ने बताए ।


साधारण सभामा संस्थाका सचिव बुद्ध रत्न मानन्धरले संस्थाको गत आव २०७९÷०८० को नीति तथा कार्यक्रमको समिक्षा र आव २०८०÷०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष गणेश कुमार रञ्जितले संस्थाको आव २०७९÷०८० को आर्थिक प्रगति समिक्षा र आव २०८०÷०८१ को आर्थिक कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक राम प्रसाद श्रेष्ठले संस्थाको गत आव २०७९÷०८० को समग्र समिक्षा प्रतिवेदन पेश गर्नु भएको थियो । साधारण सभाले आगमी आव २०८०÷०८१ को अन्त्य सम्ममा १०५२२ सेयर सदस्य पुर्याउने र रू.१५३ करोडको कुल पुँजी पुर्याउने लक्ष्य सहितको वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको छ । साधारण सभाले गत आव २०७९÷०८० को नाफाबाट बाँडफाँड गरिएको शेयर लाभांश कोषमा रहेको रकम बाट १५ प्रतिशतका दरले लाभांश वितरण प्रस्ताव पनि स्वीकृत गरेको छ ।

समुदायमा आधारित भै सञ्चालनमा रहेको चण्डेश्वरी साकोसमा गत आव २०७९÷०८० को अन्त्य सम्ममा जम्मा ९१२२ सेयर सदस्य रहेको छ भने रू.१२९ करोडको कुल पुँजी रहेको छ । यस सकोसले यस वर्ष एसीयाली ऋण महासङ्घबाट एक्सेस सिल्भर ब्राण्ड पाएको थियो भने नेपाल बचत तथा ऋण सहकारी सङ्घ लि. ले नेपालको सर्वोस्कृष्ट बचत तथा ऋण सहकारी संस्था २०८० बाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार १२:४५