नेप्से परिसूचकमा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचकमा गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ विन्दुमा झरेको हो।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २८५ कम्पनीको २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको ९० लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शुभम् पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको आज १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार १५:५१