साहारा नेपाल बचत तथा ऋण सहकारीमा २७.५६ प्रतिशत तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

साहारा नेपाल बचत तथा ऋण सहकारीमा २७.५६ प्रतिशत तरलता



काठमाडौं । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा तरलता २७.५६ प्रतिशत रहेको छ। संस्थाको चालु आर्थिक बर्षको भदौ मसान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

भदौ मसान्तसम्म संस्थाको सेयर पुँजी एक अर्ब ६५ करोड ५३ लाख ४० हजार रहेको छ भने कुल बचत ११ अर्ब २८ करोड ४५ लाख ९४ हजार रुपैंया रहेको छ । संस्थाको जगेडा कोषमा एक अर्ब २३ करोड ५७ लाख ५३ हजार रुपैंया रहेको छ । संस्थाको विभिन्न कोषहरुको रकम ४४ करोड ९६ लाख २४ हजार रुपैंया रहेको छ ।

कुल संस्थागत पुँजी भने ८.३४ प्रतिशत अर्थात् एक् अर्ब २७ करोड २६ लाख ३८ हजार रहेको छ । संस्थाले १० अर्ब ९० करोड २३ लाख ८८ हजार ऋण लगानी गरेको छ ।

तीन अर्ब ११ करोड २ लाख ७७ हजार रुपैंया तरलता रकम रहेको छ भने कुल सम्पती १५ अर्ब २४ करोड २७ लाख ८६ हजार भन्दा बढी रहेको छ । संस्थामा एक लाख ५७ हजार ९१८ जना सदस्य आवद्ध छन् भने ७४ हजार ६१ जना कुल ऋणी सदस्य रहेका छन् ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार १५:४५