निर्यात ७.७९ प्रतिशतले घट्यो, व्यापार घाटा २ खर्ब ३३ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निर्यात ७.७९ प्रतिशतले घट्यो, व्यापार घाटा २ खर्ब ३३ अर्ब



काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात गरेको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको दुई महिनाको तथ्यांक अनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा ५ प्रतिशतले कमी आएको हो ।

नेपालले अघिल्लो वर्ष २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको आयात गरेको थियो । अघिल्लो महिनाको तुलनामा भदौ महिनामा १ खर्ब ३० अर्ब भन्दा बढीले आयातमा कमी आएको हो । गत साउनमा १ खर्ब २९ अर्ब रुपैयाँ हाराहारीमा आयात भएको थियो ।

यस्तै, तथ्यांक अनुसार दुई महिनाको अवधिमा नेपालले २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । अघिल्लो आवको सोही अवधिमा नेपालले २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो । अघिल्लो आवको अवधिमा चालू आवमा यस्तो आयातमा ७.७९ प्रतिशतले कमी आएको हो ।

आयात र निर्यातमा आएको कमीसँगै व्यापार घाटा ४.७४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको भदौसम्ममा २ खर्ब ४४ अर्ब रूपैयाँ व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा २ खर्ब ३३ अर्ब कायम भएको छ ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार १५:१०