प्रभु इन्स्योरेन्सले सम्पन्न गर्यो बीमा सचेतनामुलक कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रभु इन्स्योरेन्सले सम्पन्न गर्यो बीमा सचेतनामुलक कार्यक्रम



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बागलुङ्गमा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असोज ५ गते बागलुङ्ग नगरपालिका वडा नं.२ र ३ मा उक्त कार्यक्रम सम्पन्न गरेको हो । सञ्चालित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम प्रभु इन्स्योरेन्स गण्डकी प्रदेशका प्रादेशिक प्रमुख रबिन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा बीमा सम्वन्धी विभिन्न जानकारीहरु प्रदान गरिनुका साथै जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुसंग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरिएको थियो ।

कम्पनीले विभिन्न ठाउँमा बीमा सचेतना कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनमा पनि यस्तै चेतनामुलक कार्यक्रमको आयोजना गर्दै जाने बताएको छ ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार १४:२३